बसले ठक्कर दिँदा सुनकोशी नदीमा कार खस्यो,
साउन -१८
काठमाडौं - सिन्धुलीस्थित सुनकोशी नदीमा बसले ठक्कर बाट कार नदीमा खसेको छ ।
सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरबाट सुनकोशी नदीमा कार खसेको बताइएको छ ।
सो घटनाको जानकारी प्राप्त भएपछि अहिले प्रहरी र सशस्त्रको टोली घटनास्थलतर्फ गएको छ । यद्यपि,कारमा कति मान्छे सवार थिए भन्ने यकिन भने भइसकेको छैन ।

