नेपाली समय:

वि.सं २०८३ साउन २७   बुधवार

EnglishEN
स्रोत नखुलेको ७६ लाख रुपैयाँ सहित एकजना पक्राउ,

स्रोत नखुलेको ७६ लाख रुपैयाँ सहित एकजना पक्राउ,

साउन -२७
काठमाडौं- प्रहरीले काठमाडौं महानगर–१४ स्थित कुलेश्वरबाट स्रोत नखुलेको ७६ लाख नेपाली रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा पर्साको छिपहरमाई गाउँपालिका–१ घर भएका ३३ वर्षीय जितेन्द्र साह कुलेश्वरस्थित आँचल फ्रुट सेन्टरका सञ्चालक हुन्।
उपत्यका अपराध अनुसन्धान कार्यालय र प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले नगदसहित उनलाई पक्राउ गरेको हो। कुलेश्वरमा बरामद रकमबारे साहसँग सोधपुछ भइरहेको  प्रहरीले जनाएको छ। पक्राउ परेका आरोपी कुलेश्वरस्थित आँचल फ्रुट सेन्टरका सञ्चालक हुन्।

९ घण्टा पहिले
हाम्रो आवाज