नेपाली समय:

वि.सं २०८३ साउन २८   बिहीवार

EnglishEN
पत्रकार किशोर श्रेष्ठलाई अविलम्ब रिहा गर्न शेखर कोइरालाको माग,

पत्रकार किशोर श्रेष्ठलाई अविलम्ब रिहा गर्न शेखर कोइरालाको माग,

साउन २८
काठमाडौं - पत्रकार किशोर श्रेष्ठलाई समाचार लेखेकै भरमा पक्राउ गरिएको विषयलाई लिएर नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पत्रकार किशोर श्रेष्ठलाई अविलम्ब रिहा गर्न माग गरेका छन् । यो घटनालाई उनले लोकतन्त्रविरोधी गतिविधि भनेका छन् ।

श्रेष्ठलाई बुधबार (साउन २७) राति प्रहरीले ललितपुरस्थित उनको निवासबाट पक्राउ गरेको हो । हाल उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखिएको छ ।

नेता कोइरालाले समाचार लेखेकै आधारमा पत्रकार श्रेष्ठलाई पक्राउ गरिनु लोकतन्त्रका लागि नराम्रो संकेत भएको टिप्पणी गरेका छन् ।

९ घण्टा पहिले
हाम्रो आवाज