दानबहादुर कार्कीको रिटमा सर्वोच्चद्वारा अन्तरिम आदेश जारी गर्न अस्वीकार,
मङ्सिर -१०
काठमाडौं - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिविरुद्ध दायर रिट निवेदनमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको संयुक्त इजलासले निवेदककोमाग बमोजिम तत्काल अन्तरिम आदेश जारी गर्नुपर्ने अवस्था नरहेको बताएको हो ।
डा. मनोजकुमार के.सी. नेपाल सरकारको २०८३ साल कात्तिक १८ गतेको निर्णयअनुसार प्रहरी महानिरीक्षक पदमा बढुवा भई सोही दिन नियुक्तिपत्र बुझेर कार्यभार सम्हालिसकेको अवस्था रहेको भन्दै अदालतले अन्तरिम आदेश जारी नगरेको जनाइएको हो।

