बङ्गलादेशमा पुन:चर्कियो हिंसा, मन्त्रीको घरमा आगजनी,
मंसिर-५
काठमाडौं– बंगलादेशमा राजनीतिक तनाव बढ्दै जाँदा विदेश राज्यमन्त्री हुमायुन कबिरको निवासमा शुक्रबार पेट्रोल बम प्रहार गरी आगजनी गरिएको छ ।
घटनाका बेला कबिर घरमा थिएनन् । आक्रमणपछि उनको निवासको सुरक्षा व्यवस्था कडा पारिएको छ ।
कबिरले घटनामा पूर्वप्रधानमन्त्री शेख हसिनाको पार्टी अवामी लिगको संलग्नता रहेको आरोप लगाउँदै दोषीमाथि कडा कारबाही गर्ने बताएका छन् ।
बिहीबार प्रदर्शनकारीहरूले अन्तरिम सरकारका प्रमुख मोहम्मद युनुसको घरमा समेत आगजनी गरेका थिए। यसैबीच प्रधानमन्त्री तारिक रहमानले अवामी लिगमाथि हिंसा फैलाएको र देशमा षड्यन्त्र रचेको आरोप लगाएका छन्।

