
बैशाख-२३
काठमाडौं । रुसले लगातार दोस्रो रात युक्रेनले मस्कोलाई लक्षित गर्दै रातभर ड्रोन आक्रमण गरेको दाबी गरेको छ।
रुसको उड्डयन निगरानी गर्ने संस्था रोसाभियाट्सियाले टेलिग्राममा भनेको छ – सुरक्षा सुनिश्चित गर्न राजधानीका चारै प्रमुख विमानस्थलहरू अस्थायी रूपमा बन्द गरिएको छ।
मस्कोका मेयर सर्गेई सोब्यानिनले सामाजिक सञ्जालमा भनेका छन् । कम्तिमा १९ वटा युक्रेनी ड्रोनहरू “विभिन्न दिशाबाट” शहर पुग्नु अघि नै नष्ट गरिएको थियो।