
असार- ७
इजरायल–इरान युद्धका कारण इरानमा रहेका नेपालीलाई उद्धार गरिने भएको छ ।
भारत सरकारको सहयोगमा उनीहरूको उद्धार गरिने परराष्ट्रमन्त्री आरजु राणा देउवाले बताइन् ।
इरानमा रहेका १६ जना नेपालीलाई उद्धार गर्न भारत सरकार सकारात्मक रहेको परराष्ट्रमन्त्री देउवाले बताइन् ।