
भदौ-६
काठमाडौं - नेकपा (एकीकृत समाजवादी) र विद्रोही नेकपा (राष्ट्रिय एकता अभियान)बीच पार्टी एकता भएको छ ।
शुक्रबार नेकपा (एकीकृत समाजवादी)को मुख्यालय आलोकनगरमा महेन्द्र अर्याल नेतृत्वको उक्त अभियान एकीकृत समाजवादीमा समाहित भएको हो ।
पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय एकता अभियानका नेता कार्यकर्तालाई स्वागत गरे ।
एकीकृत समाजवादीले विचार मिल्ने राजनीतिक दलहरूबीच एकताको तयारी अघि बढाएको छ । प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले पनि एकताका लागि अनौपचारिक संवाद अघि बढाएको छ ।