नेपाली समय:

वि.सं २०८२ भाद्र ७   शनिवार

EnglishEN
एकीकृत समाजवादी र राष्ट्रिय एकता अभियानबीच पार्टी एकता,

एकीकृत समाजवादी र राष्ट्रिय एकता अभियानबीच पार्टी एकता,

भदौ-६

काठमाडौं - नेकपा (एकीकृत समाजवादी) र विद्रोही नेकपा (राष्ट्रिय एकता अभियान)बीच पार्टी एकता भएको छ । 

शुक्रबार नेकपा (एकीकृत समाजवादी)को मुख्यालय आलोकनगरमा महेन्द्र अर्याल नेतृत्वको उक्त अभियान एकीकृत समाजवादीमा समाहित भएको हो ।

पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय एकता अभियानका नेता कार्यकर्तालाई स्वागत गरे । 

एकीकृत समाजवादीले विचार मिल्ने राजनीतिक दलहरूबीच एकताको तयारी अघि बढाएको छ । प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले पनि एकताका लागि अनौपचारिक संवाद अघि बढाएको छ । 

२३ घण्टा पहिले
हाम्रो आवाज