
असोज-३०
नेपाल लगातार दोस्रो पटक आईसीसी टी–२० विश्वकप २०२६ का लागि छनोट भएको छ।
बुधबार भएको सुपर सिक्सको दोस्रो खेलमा यूएईले सामायोमाथि ७७ रनको फराकिलो जित निकालेपछि नेपाल र ओमान दुई खेलअघि नै विश्वकपका लागि छनोट भएका हुन्। विश्वकप आगामी फेब्रुअरी र मार्चमा भारत र श्रीलंकामा हुनेछ।